रास्वपाकी उपसभामुखले संसदलाई मानव तस्करी गर्ने अड्डा बनाइन्, सभापति खतिवडाद्वारा कारबाहीको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तथा उपसभामुख ईन्दिरा रानालाई अनुसन्धानको दायरामा लिएर कारबाहीको माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक विशेष समय लिएर बोल्दै सभापति खतिवडाले रास्वपाकी सांसद एवम् उपसभामुख रानाले संसद र उपसभामुखको कार्यालयलाई मान्छे विदेश पठाउने कन्सल्टेन्सी बनाएको बताए । उनले उपसभामुख रानालाई मार्ग प्रशस्त गरेर छानविनमा सहयोग गर्न आग्रह गरे ।
उनले भने, ‘मैले केही दिन पहिला एउटा पत्र प्राप्त गरेर २६ फेब्रुअरी २०२३ मा संसदको उपसभामुखको नामबाट संसदबाट एउटा चिठी लेखिएको रहेछ । संसदबाट कुनै साइनो नभएका कुनै ५ जना मान्छे मानव तस्करले प्रयोग गरेर अमेरिकाको भिषाको अन्तर्वार्ताको लागि प्रयोग गरिएको पत्र हामीसँग प्राप्त भयो ।’
‘यस्तो अवस्थामा उपसभामुख अब संसद कमाण्ड गर्न सहाउँछ की सुहाउँदैन ? पहिलो प्रश्न म यो गर्न चाहन्छु’, सभापति खतिवडाले भने ।
‘संसदमा कुनै पनि पत्र प्राप्त भयो भने पहिला सभामुख महोदयबाट तोक लगाउने, अथवा राष्ट्रिय सभाकोमा आयो भने तोक लगाउने, महासचिवकोमा जाने, महासचिवले एउटा अन्तर्राष्ट्रिय तथा समन्वय महाशाखा हुन्छ त्यहाँ पठाउने, त्यहाँको उपसचिवले टिप्पणी उठाउने, सहसचिवले सदर गर्ने, त्योभन्दा माथि महासचिवले सदर गरेर परराष्ट्र मन्त्रालयलाई पठाउने प्रचलन भएको हामीले थाहा पाएका छौँ’, उनले भने ।
‘तर, यो पत्र कसैलाई पनि थाहा नदिइ चिन्दै नचिनेका संसदसँग साइनो नभएका, यहाँ सुन्नमा आउँछ उपसभामुख पनि १ जनाको मात्रै चिनाजानी साइनो भएको मान्छेको सिफारिस भएको छ यो कसले किन कुनै प्रयोजनको लागि गरेको हो ? संसदको मात्रै होइन देशको अपमान हो । यसमा छानविन हुनुपर्छ भनेर अनुरोध गर्न चाहन्छु’, खतिवडाले भने ।
‘यस्तो बेलामा प्रतिरक्षाको तुरुप देखाएर, फेरि पनि भने जग हँसाउनु भन्दा संसदभन्दा बाहिर बसेर सहयोग गरेर यसलाई छानविन गर्न सहयोग गर्नुपर्छ भनेर अनुरोध गर्न चाहन्छु’, उनले भने ।
‘यो भिषा सहजीकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय र संसद हुन सक्दैन । यो कन्सल्टेन्सी जस्तो नबनाइयोस्’, सभापति खतिवडाले भने ।
‘मैले सुने आफूसँग पत्र लेखिएका मान्छेहरू उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर, धनुप्रसाद गुरुङ महिला अधिकारको कार्यक्रममा जाने भनेर उल्लेख गरिएको रहेछ । जसको महिला अधिकारसँग कुनै साइनो सम्बन्ध छैन र एकजना बाहेक अरुलाई चिनेको छैन भनेर उपसभामुखले भनेको सुनियो । चिन्दै नचिनेको मान्छेलाई सिफारिस गर्न लगाउने ? चिन्दै नचिनेको मान्छेलाई कसरी सिफारिस गरियो यो छानविन हुनुपर्छ’, खतिवडाले भने ।
‘केही समय पहिला एकजना मन्त्रीले अमेरिका लैजान सिफारिस गरेका आधारमा राजीनामा दिनु परेको थियो । संसदलाई पनि यति अपमानजनक हुने गरी मानव तस्करले प्रयोग गरेर भोलि पैसा लिएर यो काम गरियो भने संसदको इज्जत कहाँ रहने यसको निष्पक्ष छानविनको लागि अनुरोध गर्न चाहन्छु’, उनले भने ।
सभापति खतिवडाले भने, ‘उपसभामुखले अब यो सूचना बेच्ने यहाँ कहिँ छन् भनेर कुनै एकजना मान्छेले भनेको सुनेको थिएँ, संसदभित्र छन् भनेर, सूचना बेच्ने त देखिन मान्छे बेच्ने यतै कतै छन् की क्याहो अनुसन्धान हुनुपर्छ ।’
‘यस्तो बेलामा संसद चुप लागेर बस्नु हुँदैन । म अनुरोध गर्न चाहन्छु उपसभामुखज्यूलाई संसद र उहाँको इज्जतको लागि संसदबाट टाप कस्ने’, सांसद समेत रहेका सभापति खतिवडाले भने ।
संसदको बैठकमा रास्वपाका सभापति समेत रहेका दलका नेता रवि लामिछाने, सांसद सुमना श्रेष्ठ र नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले मानव तस्करीको अभियोग लागेकी उपसभामुख रानाको बचाउ गरेका थिए । उनीहरूले रानाले जे गरेकी छिन् त्यो ठीक गरेको भन्दै बचाउ गरे । रास्वपाका सभापति लामिछाने आफै विभिन्न काण्डहरूमा छन् ।
अदालतमा मुद्दा चलिरहेको छ । संसदीय छानविन समितिमा अनुसन्धान भइरहेको छ । रास्वपाका सांसद स्वर्णिम वाग्लेले नेपाललाई भारतको राज्य बनाउने जस्ता देशद्रोहीको अभिव्यक्ति दिएको रास्वपाका कारबाही गरिएका महामन्त्री मुकुल ढकालले बताइसकेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया