सत्ता खुस्किएपछि प्रतिपक्षमा पुगेको ३२ सिटको माओवादीले ६६ वटा कुर्सी ओगट्यो
काठमाडौं । सत्ताबाट एकाएक प्रमुख प्रतिपक्षमा पुगेको नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभाको बैठकमा बस्ने सिटलाई लिएर बबाल मच्चाएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीले संसदमा प्रमुख प्रतिपक्ष बस्ने कर्सीलाई लिएर बखेडा निकालेको हो । ३२ सिटको माओवादी प्रमुख प्रतिपक्ष बस्ने ६६ वटा कुर्सी रहेको पूरै लहर मागेपछि कार्यव्यवस्था परामर्श समितिमा खैलाबैला भएको छ ।
माओवादीले ६६ वटा सिटमा आफ्ना ३२ सांसदहरू बस्ने भनेर अब्यबहारिक माग उठाएको छ । माओवादीको मागपछि संसद सचिवालयले आन्तरिक परामर्श शुरु गरेको छ ।
प्रमुख प्रतिपक्ष दलसहित प्रतिपक्षमा बस्ने दलका शीर्ष नेताहरूलाई अगाडिको कुर्सीमा राख्ने तयारी संसद सचिवालयले गरेको छ । माओवादीले अगाडिको कुर्सीमा आफूहरू मात्रै बस्ने अरुलाई नदिने रणनीति बनाएका छन् ।
प्रतिपक्ष दलहरूका लागि संसद सचिवालयले यस पटक २ वटा लहर छुट्टाएको छ । प्रतिपक्षमा थोरै सांसद र दलहरू भएपछि संसद सचिवालयले बस्ने कुर्सी मिलाउन खोज्दा माओवादीले लफडा गरेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया