परराष्ट्रमन्त्री डा.राणासँग अमेरिकी राजदूत थम्पसनबीच भेट, बधाई तथा शुभकामना व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्पसनले शिष्टाचार भेट गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग राजदूत थम्पसनबीच भएको भेटमा नेपाल–अमेरिका सम्बन्धका विकास सहयोगलगायतका विविध पक्षमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाका स्वकीय सचिव कमल रावलले बताए ।
राजदूत थम्पसनले मन्त्री डा.राणालाई कार्यकालको शुभकामना र बधाई पनि दिएका छन् । राजदूत थम्पसनले नेपाल–अमेरिकाबीचको सम्बन्धलाई परराष्ट्रमन्त्री डा.राणाको कार्यकालमा झन् सुमधुर हुने विश्वास लिएका छन् ।
Published : Friday, 2024 July 19, 3:35 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया