सभापति देउवाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल र जानकारी दिन केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार सूचना जारी गरेर साउन २३ गते बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको बताएका छन् । बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव पौडेलले बताएका छन् ।
एमालेसँग मिलेर सरकार गठन गरेको विषयमा जानकारी गराउन सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । उनले सरकार गठनका विषयमा भएका प्रयास लगायतका विषयमा जानकारी गराउने छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया