कठिन हुन थाल्यो ओलीका दिन, हर्कतमा आउन थाले पूर्वमाओवादीहरू
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाले केपी ओली नेतृत्वको वर्तमान सरकारले सोँचेअनुसारको काम गर्न नसकेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलसाँग कुरा गर्दै नेता सापकोटाले वर्तमान सरकारले जनताले चाहेअनुसारको काम गर्न नसकेको बताए ।
‘सरकारले जनतालाई डेलिभरी दिने कुरामा कमजोरी भएकै हो’, उनले भने, ‘यसबारेमा पार्टीभित्र छलफल चलेको छ ।’
नेकपाको दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र नेताका रुपमा परिचित सापकोटाले ओली सरकारको आलोचना गरेका हुन् ।
सापकोटाले ओली सरकारको आलोचना गर्नुलाई विभिन्न अड्कलवाजीका रुपमा हेरिएको छ ।
Published : Thursday, 2018 September 27, 12:24 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत