कम्युनिस्ट सरकारले शान्ति सुरक्षा दिन सकेनः चौधरी
काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले कम्युनिस्ट सरकारले महँगी उपहार दिएको भन्दै आलोचना गरेकी छिन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै चौधरीले मूल्य वृद्धि फिर्ता लिन माग गरिन् । ‘सवारी साधनको भाडा बढेको छ ।
यो सरकारले जनतालाई दुःखभन्दा अरु केही दिएन’, उनले भनिन्, ‘पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ । कम्युनिस्ट सरकारले महँगी वृद्धिभन्दा अरु केही उपहार दिन सक्दैन ।’
दुई तिहाईको कम्युनिस्ट सरकारले शान्ति सुरक्षा बनाउन नसकेको भन्दै उनले आलोचना गरिन् । सांसद चौधरीले निर्मला पन्तको हत्या भएको दुई महिना भइसक्दा पनि दोषी पक्राउ पर्न नसकेको भन्दै आक्रोश व्यक्त गरिन् ।
Published : Wednesday, 2018 September 26, 9:01 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत