कांग्रेसले कम्युनिस्टहरूविरुद्ध मोर्चा सम्हाल्यो
कैलाली । प्रदेश ७ को राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव पेश गर्न गठित संसदीय समितिले गोदावरी राजधानी सिफारिस गरेपछि धनगढीमा विरोध र सडक प्रदर्शन भएको छ ।
धनगढीबाट राजधानी सार्न नहुने भन्दै स्थानीयले आन्दोलन चर्काएका हुन् । प्रदेश ७ को राजधानी धनगढीमै रहनुपर्ने माग गरेर सुरु भएको आन्दोलनका क्रममा अहिले प्रदेशसभा अगाडि टायर बालेर प्रदर्शन भएको छ ।
प्रदेश ७ को नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिले मंगलवारको प्रदेश सभा बैठकमा नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्न सुझाव सहितको प्रतिवेदन पेश गरेको थियो ।
प्रदेश सभा बाहिर टायर बालेर विरोध प्रदर्शन भएको हो । आन्दोलनमा सहभागी हुन धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड पनि सडकमा ओर्लिएका छन् । उनी नेपाली कांग्रेसबाट विजयी भएका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश ७ मा सरकार बनाएको छ । नेकपाकै दवावमा प्रदेश ७ को राजधानी गोदावरी प्रस्ताव गरिएको थियो । नेकपाले जंगल फडानी गरेर राजधानी बनाउने तयारी गरेपछि कांग्रेसले आन्दोलनको मोर्चा सम्हालेको हो ।
यसअघि प्रदेश ७ को संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दल नेपाली कांग्रेस र राजपा नेपाललेसमेत प्रस्तावित नाम र राजधानीप्रति असहमति जनाइसकेका छन् ।
नेपाली कांग्रेसका सांसद डा.रणबहादुर रावलले विशेष समितिले प्रदेशसभामा प्रस्तुत गरेको प्रतिवेदनमा आफूहरूको असहमति रहेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत