‘निर्मला हत्याकाण्डमा सरकारको कार्यले लाज भइसक्यो’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले केपी ओली नेतृत्वको सरकारका कारण मुख देखाएर हिँड्न लाज भइसकेको बताएका छन् ।
बुधबार संसदको बैठकमा विशेष समयमा बोल्दै नेकपाका सांसद खतिवडाले निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा सरकारको गतिविधिले मुख देखाएर हिँड्नै लाज भइसकेको बताएका हुन् ।
उनले राज्यको स्थायी संयन्त्रले अनुसन्धान अघि बढाउनुभन्दा आयोग बनाएर प्रतिवेदन कुरेर बस्नु लाजमर्दो भएको बताए ।
‘हत्या बलात्कार ज्यानमारा सबैमा आयोग बनाउने अनि प्रतिवेदन आएपछि कहाँ को लुकेको छ भनेर खोज्दै हिँड्ने ? के तरिका हो यो’, उनले भने, ‘आउँदा दिनमा कुनै पनि केसमा आयोग बनाउने टोली खटाउने प्रतिवेदन आउँछ पख्नुस माननीयज्यू भन्ने अनि प्रतिवेदन आएपछि बल्ल छानबिन गर्ने हो ? हरेक घटनामा आयोग बनाउने हो भने स्थायी राज्यको संयन्त्रलाई तलब खुवाएर किन राखेको ? मुख देखाएर हिँड्न लाज भइसक्यो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत