थारुहरूको शक्तिशाली संस्थामा कांग्रेसको कब्जा, कम्युनिस्टहरूको पत्तासाफ
काठमाडौं । थारु कल्याणकारिणी सभाको २२ महाधिवेशनबाट अध्यक्षमा धनीराम चौधरी निर्वाचित भएका छन् ।
धनीरामले अध्यक्षका प्रतिद्वन्द्वी पूर्वमहामन्त्री एवं राजपाका महामन्त्री राजकुमार लेखीलाई हराउँदै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत श्रवणकुमार चौधरीका अनुसार धनीरामले ८२ भोट पाएका थिए ।
राजकुमारले ७० भोटसहित पराजित भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका विश्राम महतोले भने १० भोट सीमित भए ।
थारु कल्याणकारिणी सभाले जिल्ला सभापतिहरूमा पनि रौतहटबाहेक सबै जिल्लामा सर्वसम्मतबाट केन्द्रीय सदस्यहरू निर्वाचित गरेको छ । झापाबाट हरिनारायण चौधरी सर्वसम्मत केन्द्रीय सदस्यमा चयन भएका छन् । मोरङबाट कन्नुलाल चौधरी, सुनसरीबाट पुनितलाल चौधरी चयन भएका छन् ।
उदयपुरबाट जयराम पञ्जियार, सप्तरीबाट साबित्री चौधरी, सिरहाबाट वीरेन्द्र चौधरी, धनुषाबाट उत्तम चौधरी, महोत्तरीबाट चन्द्र नारायण सिंह थारु, रौतहटबाट अधिकलाल चौधरी निर्वाचित भएका छन् ।
बाराबाट हृदयनारायण चौधरी, पर्साबाट बृजमोहन चौधरी, मकवानपुरबाट जानकी चौधरी, चितवनबाट राजेन्द्र चौधरी, नवलपरासीबाट नरेश चौधरी र रुपन्देशीबाट देवीप्रसाद चौधरी सर्वसम्मतले केन्द्रीय सदस्य चयन भएका छन् ।
कपिलवस्तुबाट जञ्जीरप्रसाद चौधरी, दाङबाट चूर्णबहादुर चौधरी, सुर्खेतबाट कृष्णबहादुर थारु, बाँकेबाट नेमनारायण सिंह थारु र बर्दियाबाट मीनराज चौधरी चुनिएका छन् ।
कैलालीबाट रामचरण चौधरी र कञ्चनपुरबाट भागिरथ राना थारु केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् ।
थारु कल्याणकारिणी सभाले महिला केन्द्रीय सदस्यहरूको लागि ९ सदस्यीयका लागि १३ जनाले उम्मेदवारी दिएका थिए ।
दिलकुमारी चौधरी २५ मत, विष्णकुमारी चौधरीले २२ मत, कृष्णमाया चौधरीले २१ मत, यशोदा चौधरीले २१ मत, सुमित्रा कुमारी चौधरीले १९, इन्दु चौधरीले १९ मत, सरस्वती चौधरीले १७ मत, उर्मिलादेवी चौधरीले १७ मत र लक्ष्मी चौधरीले १७ मतका साथ निर्वाचित भएका छन् ।
थारु कल्याणकारिणी सभामा निर्वाचित अध्यक्षसहितका अधिकांश पदमा नेपाली कांग्रेस निकटका छन् । कांग्रेसप्रति शुभेच्छा राख्नेहरूलाई मतदाताहरूले माया गरेको जनाइएको छ ।
थारु कल्याणकारिणीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र मधेस केन्द्रित दलका सीमित व्यक्ति मात्रै निर्वाचित भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत