दाङमा नमूना बन्यो नेविसंघ, विद्यालयहरूमा ईकाइ गठन
घोराही । दाङमा नेपाल विद्यार्थी संगठन (नेविसंघ)को संगठन सुदृढीकरण अभियान अन्तरगत दुईवटा विद्यालयमा ईकाइ समिति गठन गरिएको छ ।
नेविसंघ दाङ क्षेत्र नम्बर ३ को आयोजनामा घोराही उपमहानगरपालिका वडा नं. १२ स्थित मावि हापुर निघुवार र वडा नं. १० मा जनजागृतति मावि लमडरुवामा नेविसंघको ईकाई समिति गठन गरिएको हो ।
मावि निघुवारमा प्रताप विष्टको अध्यक्षतामा १ सय १ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपसभापतिमा कृष्ण विष्ट, उठा कुँवर, सचिवमा पूजा वली र मेनका बाठा, सहसचिवमा गीता थापा, कोषाध्यक्षमा हरिकला बाठा रहेका छन् ।
मावि लमडरुवामा प्रदीप चौधरीको अध्यक्षतामा ५१ सदस्यीय ईकाइ समिति गठन गरिएको छ । समितिको उपसभापतिमा महेन्द्र सुनार, रश्मी दर्लामी, जनकी थापा, अर्जुन बुढामगर, चिजकुमारी पुन, सचिवमा सुशीला न्यौपाने र सारदा गिरी, सहसचिवमा वर्षा वली, राजन बुढा मगर र कोषाध्यक्षमा मीरा चौधरी रहेका छन् ।
नेविसंघका क्षेत्रीय सभापति तिलक रावतको अध्यक्षता एवम् नेविसंघका पूर्वजिल्ला सभापति एवं नेपाली कांग्रेस त्रिपुरका सभापति दीपक पाण्डेको प्रमुख आतिथ्य ईकाइ समितिहरू गठन गरिएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत