यी हुन् जनतालाई दुःख दिने पूर्वएमालेबाट जितेका चर्तित मेयर

काठमाडौं । तत्कालीन एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका विद्यासुन्दर शाक्यले आफ्नो जग्गामा जाने बाटो फराकिलो पार्न पूर्वन्यायाधीशको जग्गामा जबर्जस्ती गरेका छन् ।

काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित उच्च अदालतका पूर्वन्यायाधीश चित्रदेव जोशीको जग्गा जबर्जस्ती मिचेर मेयर शाक्यको जग्गामा जाने बाटो फराकिलो बनाएका हुन्।

जोशीको जग्गाभन्दा पश्चिमको २९९ कित्ता नम्बरको जग्गा मेयर शाक्यको पर्छ । जोशीकोभन्दा पश्चिममा रहेको जग्गा मेयर शाक्य र उनका दाजु सुगन्ध शाक्यको नाम छ ।

जोशीको त्यहाँ ३९५ दशमलव ०७ वर्गमिटर जग्गा छ । मेयरका दाजुभाइको कुल २२ आना जग्गा छ । शाक्य दाजुभाइले आफ्ना जग्गामा जाने बाटो फराकिलो बनाउन जोशीको जग्गा मिचेका हुन् ।

नक्सामा जोशीको जग्गा अगाडि ६ फिटको साझा बाटो छ। जोशीको सहमतिबेगर २ फीट जग्गा मिचेर ८ फिटको बाटो बनाइएको छ ।

२०५३ साल माघ १५ गतेको लिखत र रजिस्ट्रेसनअनुसार सँधियार जग्गाधनी रमा बस्याल, सुशीला परियार र गोमा धितालको सहमतिमा ६ मिटर साझा बाटो कायम गरिएको थियो ।

Published : Tuesday, 2018 September 25, 1:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया