यी हुन् कांग्रेसको ब्ल्याक सूचीमा रहेका अवसरवादी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका महेश दाहाललाई पार्टी प्रवेश गराएका छन् ।
प्रचण्डका १३ दिने गोत्यार महेश दाहाललाई मंगलबार बिहान धुम्बाराहीमा आयोजित एकल कार्यक्रममा पार्टी प्रवेश गराइएको हो । प्रचण्डले महेशलाई नेकपाको सदस्यता दिएका छन् ।
प्रचण्डसँग सदस्यता लिएसँगै महेश दाहाल अमेरिका उडेका छन् । महेश दाहाल दुई महिनाका लागि भन्दै अमेरिका उडेका हुन् ।
मंगलबार बिहानै कार्यक्रमको तयारी गर्न प्रचण्डले महासचिव विष्णु पौडेललाई सोमबार राति निर्देशन दिएका थिए । तयारी अभावका कारण मंगलबार बिहानको कार्यक्रममा धेरै नेता कार्यकर्ता आएका थिएनन् ।
कार्यक्रममा प्रचण्डका साथै महासचिव पौडेल, लीलामणि पौडेल, अग्नि सापकोटासहितका सीमित नेता कार्यकर्ता मात्रै थिए ।
कांग्रेसका सक्रिय सदस्य महेश दाहाल पार्टीको कुनै पनि समितिमा प्रत्यक्ष संलग्न थिएनन् । विगतमा तरुण दलका केन्द्रीय सदस्य र नेविसंघका जिल्ला सदस्य भएर महेश दाहालले काम गरेका थिए ।
सुशील कोइराला नेतृत्वको सरकारमा डा.मीनेनद्र रिजाल सूचना तथा सञ्चारमन्त्री हुँदा महेश दाहाललाई नेपाल टेलिभिजनको अध्यक्ष बनाइएको थियो ।
यसबाहेक महेश दाहालले उच्चस्तरीय सूचना प्रविधि आयोगको सञ्चालक समिति सदस्य तथा परराष्ट्र मामिला अध्यायन प्रतिष्ठानको सदस्य भएर काम गरेका छन् ।
महेश दाहालले पार्टी छाडेर नेकपामा प्रवेश गर्नुलाई कांग्रेसका नेताहरूले धेरै आश्चर्य रुपमा लिएका छैनन् । कांग्रेसका नेताहरूले अवसरवादीहरू आउने जाने क्रम भैरहने प्रतिक्रिया दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत