मानवअधिकार प्रतिष्ठनको अध्यक्षमा मीना शर्मा निर्वाचित
काठमाडौं । पत्रकार र मानवअधिकारकर्मीहरूको नागरिक संगठन मानवअधिकार संचार प्रतिष्ठान (इहिकन)को अठारौँ साधारणसभाले मीना शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।
शान्ति, मानवअधिकार र लैँगिक हिसाका विषयकी प्रशिक्षक मीना शर्मालाई तीन वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरिको हो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बिभिन्न विषयमा प्रशिक्षण दिने गरेकी शर्मा यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिइन् ।
सर्चफर कमन ग्राउण्डमा प्रोजेक्ट कोर्डिनेटर भैसकेकी शर्माको अध्यक्षतामा बनेको कार्यसमितिको उपाध्यक्षमा रविना श्रेष्ठ, महासचिवमा नेहा शर्मा, सचिवमा रीता सापकोटा र कोषाध्यक्षमा अनिता विष्ट निर्वाचित भएका छन् ।
श्रेष्ठ यसअघिको कार्यसमितिमा महासचिव, सापकोटा सचिवमै थिइन् । नेहा तीन वर्षको अघिकै कार्यसमितिमा सचिव थिइन् ।
कार्यसमितिको सदस्यहरूमा शारदा कोइराला, कर्ण नेपाली, रोशनी अधिकारी र देविका तिमिल्सिना रहेका छन् । कार्यसमिति चयनका लागि निर्वाचन मण्डलमा वरिष्ठ पत्रकार टंक पन्त, तीर्थ कोइराला र राधा बुढाथोकी रहेका थिए ।
निवर्तमान अध्यक्ष एवम् मानवअधिकारकर्मी, पत्रकार अमुता लम्सालको अध्यक्षतामा भएको साधारणसभाले अघिल्लो कार्यसमितिमा प्रभावकारी रुपमा महासचिव पदमा रहेकी रविना श्रेष्ठले पेश गरेको प्रतिवेदन र कोषाध्यक्ष अनिता विष्टको प्रतिवेदनलाई पारित गरेको छ ।
साधारणसभामा निर्वाचित अध्यक्ष मीना शर्माले संस्थालाई सामूहिकताको आधारमा अगाडि बढाउने भन्दै सुशासन र पारदर्शितामा जोड दिने प्रतिवद्धता व्यक्त गरेकी छिन् । उनले विगतमा भएका कमजोरी आगामी दिनमा हुन नदिने तथा संस्थालाई व्यवस्थित ढंगले संचालन गर्ने बताएकी छिन् ।

निवर्तमान अध्यक्ष अमृता लम्सालले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएकी छिन् ।
साधारणसभामा सहभागी वरिष्ठ पत्रकारहरू टंक पन्त, कृष्ण केसी, राधा बुढाथोकी, तीर्थ कोइराला, नवनिर्वाचित महासचिव नेहा शर्मा, सचिव रीता सापकोटा, संस्थाकी पूर्व उपाध्यक्ष एवम् संविधानसभाकी सभासद् कमला विश्वकर्मा, कार्यसमिति सदस्य देविका तिमिल्सिना लगायतले पनि नयाँ कार्यसमितिलाई बधाई दिएका छन् ।
मानवअधिकार संचार प्रतिष्ठानले मानवअधिकार, सामाजिक न्याय, सञ्चार अनुगमन र शान्तिका लागि विगत १८ वर्षदेखि क्रियाशील रहँदै आएको छ ।
1 प्रतिकृया प्राप्त “मानवअधिकार प्रतिष्ठनको अध्यक्षमा मीना शर्मा निर्वाचित”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

राम्रो समाचार