दशैँको मुखमा भाडा बढाएर ओली पत्नी लिएर अमेरिका उडे

काठमाडौं । दशैँको मुखमा सवारी साधनको भाडा बढाएर प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओली अमेरिका उडेका छन् ।

यातायात व्यवसायीहरूको माग बमोजिम दश प्रतिशत भाडा बढाउन ओलीले अनुमति दिएका थिए । दशैँको मुखमा भाडा दश प्रतशित बढेपछि हरेक क्षेत्रमा मूल्य वृद्धि हुने भएको छ ।

प्रधानमन्त्री ओली पत्नी राधिाका शाक्यसहितको जम्बो टोलि लिएर राष्ट्रसंघीय महासभामा भाग लिन शनिबार राति अमेरिका उडेका हुन् ।

अमेरिका घुमेपछि ओली मध्यअमेरिकी मुलुक कोष्टारिक जानेछन् । प्रधानमन्त्री १३ दिनपछि स्वदेश फर्किने छन् ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव, परराष्ट्रका सहसचिव, झापाका मेयर, सुरक्षा गार्ड, चिकित्सक, सरकारी सञ्चारकर्मी, सहयोगीसहित २१ सदस्यी टोली रहनेछ ।

Published : Saturday, 2018 September 22, 10:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया