यी हुन् नेकपाका ‘शेर’ नेता, पावर सेन्टरमा खैलाबैला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले गरेका निर्णयविरुद्ध मायाप्रसाद शर्मा बागी बनेका छन् ।

काठमाडौंमा शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले शर्मालाई कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिएको थियो । सचिवको जिम्मेवारीलाई शर्माले अस्वीकार गरेर बगावत गरेका हुन् ।

शर्माको बगावतले अध्यक्षद्वय ओली र प्रचण्डलाई ठूलो धक्का दिएको छ । सचिवको जिम्मेवारी पाए लगत्तै शर्माले फेसबुकमार्फत सचिव पदमा नरहने जानकारी गराएका थिए ।

शर्माले फेसबुकमा लेखेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने कुराको जानकारी गराउँछु ।’ अध्यक्षद्वय ओली र प्रचण्डले जे भन्यो त्यही हुने भन्दै शर्माले आपत्ति जनाएको एक नेताले बताए ।

फेसबुकमार्फत सचिवमा नरहने कुरा जानकारी गराए लगत्तै नेता शर्माले मोवाइलसमेत स्वीच अफ गरेका छन् । शर्मा गृहमन्त्री रामबहादुर थापा निकटका नेता मानिन्छन् ।

Published : Friday, 2018 September 21, 6:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया