दाङको राप्ती गाउँपालिकामा भैँसीको मासु नष्ट (तस्बिर)
मसुरिया । दाङ जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकाको वडा नं. ३ बाघढ्ढीमा सन्त कामीले सञ्चालन गर्दै आएको मासु पलसमा बिक्री गर्न राखिएको भैंसीको मासु जफत गरिएको छ ।
बिहीबार बिहान कामीको मासु पसलमा पुगेका गाउँपालिकाका कर्मचारी, प्रहरी र स्थानीय राजनीतिक दलका नेताले अस्वस्थ्य र भैंसी (स्त्री)को मासु बरामद गरेको हो ।
अस्वस्थ तथा राप्ती गाउँपालिकाकोे पशु सेवा ऐन विपरित स्त्री पशु बध गरी बिक्री वितरण गर्ने तयारीमा रहेको अस्वस्थ्य मासुलाई पशु सेवा शाखाको टोलीले नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
मासु पसल सञ्चालक कामीले बिरामी तथा बस्तीको बीचमा मापडण्ड विपरित स्त्री पशु बध गरेको स्थानीयको उजुरीका आधारमा टोलीले छापामारेको हो । कामीले बिहीबार बिहान ४ बजे नै भैंसी बध गरेर मासु विक्रीमा राखेका थिए ।
पशु चिकित्सक डा.सबिना पौडेल, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, पशु सेवा शाखा प्रमुख हेमराज आचार्य, शेरबहादुर हमाल, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रतिनिधि सुरेन्द्र अधिकारी, नरेन्द्र खत्री, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकको सहभागितामा करीव २ सय किलो मासु नियन्त्रणमा लिएर नस्ट गरिएको गाउँपालिकाले जनाएको छ ।

राप्ती गाउँपालिकाले नागरिकहरूलाई स्वस्थ्य मासुजन्य पदार्थ खाने व्यवस्थाको लागि मासु विक्री वितरण गर्ने व्यवसायीलाई पशु चिकित्सक वा पशु सेवा प्राविधिकलाई चेकजाँच गराई, सूर्योदयपछि र सूर्यास्थ अघिमात्र भाले पशु चौपाया बध गरी व्यवस्थित बधशालामा मासु डिपफ्रिजमा राखी मूल्य सूची सहित फ्रेस हाउसले स्थानीय निकाय वा घरेलु तथा साना उद्योगमा दर्ता गरेर मात्रै विक्री वितरण गर्न पाइने व्यवस्था गरेको छ । सो व्यवस्थालाई अनुसरण गर्न गाउँपालिकाले सबैलाई अनुरोध समेत गरेको छ ।
राप्ती गाउँपालिका पशुसेवा शाखाले नियमित रुपमा बधशालाहरूको अनुगमन गर्दै आएको पशु सेवा शाखा प्रमुख हेमराज आचार्यले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत