राँगो ढाल्न ७ प्रहरी परिचालन, थ्री नट थ्रीबाट गोली प्रहार
बेसीशहर । लमजुङ जिल्लामा काट्न तयारी अवस्थामा राखिएको राँगो भागेपछि नियन्त्रणमा लिन गोली प्रहार गरिएको छ ।
बुधबार बिहान ०९ः४५ बजे सुन्दरबजार नगरपालिका वडा नं. ६ खत्रीठाँटीका सुकबहादुर श्रेष्ठको छोरीलाई गुफाबाट निकालिएको सांस्कृतिक परम्पराको अवसरमा भोजका लागि राँगो काट्ने तयारी गरिएको थियो ।
राँगोलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । राँगो नियन्त्रणमा लिने स्थानीयहरूको बारम्बारको प्रयास विफल भएपछि प्रहरीलाई खबर गरिएको थियो ।
राँगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय भोटेओडार र सुन्दरबजारबाट ७ जना प्रहरीको टोलीले खटिएको थियो । प्रहरीले गोली प्रहार गरेर ११ बजेतिर राँगोलाई नियन्त्रणमा लिएको थियो ।
राँगोलाई गोली प्रहार गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय लमजुङसँग आदेश लिनु परेको थियो । राँगोलाई प्रहरीले ३०३ राइफलबाट १ राउण्ड गोली फायर भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया