यी हुन् सरकारी क्याम्पसको सामान गायब पार्ने प्रध्यापकहरू
काठमाडौं । २७ जना प्रध्यापकहरू २६ वर्ष अगाडि दिएको राजीनामा अहिलेसम्म स्वीकृत नभएको रहस्य बाहिर आएको छ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकको राजीनामा २६ वर्षदेखि स्वीकृत हुन नसकेको हो । २७ जना प्रध्यापकहरूले ०४९ मा राजीनामा दिएका हुन् ।
जिम्मेवारीमा हुँदा लगेका सामानको बुझबुझारथ नगरेका कारण राजीनामा स्वीकृत नभएको हो ।
राजीनामा स्वीकृत नहुनेमा इच्छाराज तामाङ, डा.प्रज्ज्वललाल प्रधान, मनोजकुमार पाण्डे, डा.जिष्णुकुमार सुवेदी, डा.इन्द्रराज हुमागाइँ, राजेन्द्र राजभण्डारी, बिरेस शाह, विनयकुमार भण्डारी, डा.विष्णुप्रसाद भट्टराई, विनोद केसी, विनोद बैद्य छन् ।
दीपेन्द्रराज सुवेदी, डा.कमल रिजाल, शिवओम बादे श्रेष्ठ, पुरुषोत्तमराज काफ्ले, डा.गुणराज पौडेल, डा.होमनाथ ढकाल, निशा धौभडेल, कृष्णप्रसाद कायस्थ, द्रोणराज घिमिरेको पनि राजीनामा स्वीकृत भएको छन् ।
राजेन्द्रदेव अधिकारी, केशवलाल श्रेष्ठ, दीपेन्द्र मल्ल, किरणराज जोशी, नारायणप्रसाद काफ्ले, दीपेन्द्र पोखरेल र विजयराज भट्टराईको पनि राजीनामा स्वीकृत भएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत