पाकिस्तानको संसद परिसरबाट सांसदकै जुत्ता चोरी
कराँची । पाकिस्तानको संसद परिसरबाट सांसद र पत्रकारका जुत्ता चोरी भएका छन् ।
पाकिस्तानी मिडिया द एक्सप्रेस ट्रिब्युनको रिपोर्टअनुसार सांसद, पत्रकार र संसदका कर्मचारीका जुत्ता चोरी भएका हुन् ।
संसद परिसरमा रहेको मस्जिदमा नमाजका लागि गएका उनीहरूका जुत्ता चोरी भएका हुन् ।
चोरले २० जोडी जुत्ता चोरेर लगेको छ । जुत्ता चोरी भएपछि सांसदहरू नाङ्गै खुट्टा संसदमा गएका थिए ।
सभामुख सरदार अयाज सादिकले उक्त घटना छानबिनका लागि आदेश दिएका छन् ।
सीसीटीभीको माध्यमबाट आरोपीहरूको पहिचान गर्ने कोसिस भइरहेको बताइएको छ ।
रक्षामन्त्री ख्वाजा आसिफले जुत्ता चोरीको पछाडि भिखारी माफियाको हात रहेको आशंका गरेका छन् ।
पाकिस्तानमा महँगी बढेसँगै चोरीका घटनाहरू बढेका छन् । पाकिस्तानमा सुरक्षाको लापरबाहीका घटना यसअघि पनि सार्वजनिक हुँदै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया