निर्मला हत्या प्रकरणमा गृहमन्त्रीसँग स्पष्टीकरण लिने यी व्यक्ति को हुन् ?
काठमाडौं । निर्मला पन्तको हत्या प्रकरणले उग्रप लिएका बेला राष्ट्रिय मानवअधिकार आयोगले गृहमन्त्री रामबहादुर थापासँग स्पष्टीकरण लिएको छ ।
जावफमा गृहमन्त्रीले महिला हिंसा र बलत्कारका घटना न्युनीकरणका लागि गृहमन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको बताएका छन् ।
राष्ट्रिय मानवअिधकार आयोगमा आयोगका अध्यक्ष अनुपराज शर्मा सहितका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री थापाले महिला हिंसा र बलत्कारका घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताए ।
‘मदिरा, लागुपदार्थ र ईन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलत्कारको घटना बढेका छन, तिनको प्रयोगमा मन्त्रालयले कडाई सुरु गरेको छ’, उनले भने ।
उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलत्कारको घटनाबाट आफू दुखित भएको भन्दै दोषीलाई कारवाहीको दायरामा ल्याई छाड्ने पतिवद्धता व्यक्त गरे ।
‘घटना लगत्तै स्थानिय प्रहरीलाई सो घटनाको गम्भीर रुपमा अनुसन्धान गर्न भनिएको हो’, उनले भने, ‘केही दिनमै केन्द्रबाट सिआईबीको टोली पनि पठाइएको हो । पछि केन्द्रबाट उच्चस्तरीय छानविन समिति गठन गरियो ।’
‘अनुसन्धानमा प्रहरीको समेत लापरवाही रहेको गुनासोका आधारमा ६ जना प्रहरीलाई निलम्बित गरिएको छ’, गृहमन्त्री थापाले भने, ‘थप अनुसन्धान टोली पनि परिचालन भएको छ । केही दिनमै परिणाम आउँछ ।’
आफूले गृहमन्त्रालय सम्हालेपछि विगतमा रहेको चन्दा आतंक, विष्फोट, गुण्डागर्दी, तस्करी नियन्त्रणमा आएको बताउँदै गृहमन्त्री थापाले यस्तो कार्यमा आयोगले समेत साथ दिनुपर्ने बताए ।
जनताको जिउ धनको रक्षा, मानवअधिकारको संरक्षण गर्ने दायित्व गृह मन्त्रालयको रहेको र मानअधिकार आयोगको पनि सोही दायित्व रहेकोले दुबै निकायले सहकार्य गरेर अघि बढ्नुपर्ने प्रस्ताव गृहमन्त्री थापाले छलफलमा राखेका थिए ।
छलफलमा आयोगका अध्यक्ष शर्माले कञ्चनपुर घटनाको छानविनको अवस्थाबारे जिज्ञासा राख्दै सो घटनामा प्रहरीको भूमिका फितलो देखिएको गुनासो गरेका थिए ।
जनताको जिउ धनको सुरक्षामा गृह मन्त्रालय गम्भीर बन्नुपर्ने अध्यक्ष शर्माको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत