यी हुन् बानेश्वरमा बबण्डर मच्चाउने पूर्वएमालेका नेता

काठमाडौं । रुकुम घर भएका पूर्वएमाले निकटका एक व्यक्तिले काठमाडौंको नयाँ बानेश्वरमा सवारी दुर्घटना गराएका छन् ।

आइतबार बिहान बानेश्वरमा पूर्वएमाले निकटका प्रवीण नेपाल भनिने परवीरे नेपालीले सडक दुर्घटना गराएका हुन् । आफैले चलाएको कारले टाटा मोबाइल गाडी र दुई मोटर साइकललाई ठक्कर दिएर फरार भएका नेपालीलाई अनामनगरस्थित मदनभण्डारी कलेज नजिकैबाट पक्राउ गरिएको थियो ।

दश वर्ष अगाडि एमाले रुकुम जिल्ला कमिटीको बैकल्पिक सदस्य समेत रहेका नेपाली ठगी धन्दामा संलग्न रहेपछि एमालेले पार्टीबाटै निस्काशितगरेको थियो ।

अनियन्त्रित गतिमा बा ६ च ९२२८ नम्बरको कार चलाएका नेपालीले दुर्घटना गराएपछि आफू शक्तिशाली व्यक्ति भएको भन्दै टाटा मोबाइल गाडीका चालकलाई हाटपात गरेर भागेका थिए । यद्यपि उनलाई पीडितहरूले पिछा गरेर पक्राउ गरेका थिए ।

पूर्वएमालेका नेता प्रदीप नेपालको भाईका रुपमा आफूलाई चिनाउने गरेका नेपालीले विदेशीहरूसँग आफू एमालेको विदेश विभागको सदस्य हुँ भनेर ठगी गर्दै आएका थिए ।

Published : Sunday, 2018 September 16, 4:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया