यी हुन् नयाँ तीन एआइजीहरू

काठमाडौं । नेपाल प्रहरीका तीनजना डीआईजीहरूलाई एआइजी बढुवाका लागि सिफारिस भएको छ ।

सिफारिसमा डिआइजी पुस्कर कार्की एक नम्बरमा परेका छन् । दोस्रो नम्बरमा ठूले राई र तेस्रो नम्बर धिरु बस्नेत रहेका छन् ।

कार्की यसअघि आईजीपीको दाबेदार रहेका थिए । वरिष्ठताका आधारमा सर्वेन्द्र खनाल आइजीपीमा बढुवा भएका थिए ।

कार्की एक नम्बरमा परेका छन् । एआईजीमा बढुवा सिफारिस समितिले जारी गरेको विज्ञप्तिमा कार्की सबैभन्दा धेरै अंकसहित अगाडि रहेका हुन् ।

बढुवा समितिको सिफारिसअनुसार मन्त्रिपरिषदले एआइजी नियुक्ति गर्नेछ ।

Published : Tuesday, 2018 September 11, 11:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया