ओलीलाई एक हप्तामै धोका, उद्घाटन गरेको प्लान्ट बन्द
विराटनगर । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा उद्घाटन गरिएको विराटनगरको गोबरग्यास प्लान्ट बिग्रिएर बन्द भएको छ ।
कमसल खालको सामान प्रयोग भएका कारण गोबरग्यास प्लान्ट सञ्चालनमा आएको दुई साताभित्रै बिग्रिएको हो ।
भदौ १७ गते परेको पानीले ग्याँस उत्पादन गर्ने स्थानमा क्षति पुर्याएको थियो । गोबरग्या प्लान्ट सञ्चालनमा आएको एक हप्तामै बन्द भएको स्रोतले जनाएको छ ।
श्रीकृष्ण गौ सेवा सदनमा रहेको गोबर ग्याँस प्लान्टको मेम्ब्रेनमा समस्या आएको छ । बिग्रिएको मेम्ब्रेनलाई भारतबाट प्राबिधिक बोलाएर मर्मतको काम हुँदै छ ।
तीन मन्त्रीसहित प्रधानमन्त्री ओलीले ५ भदौ गते विराटनगर पुगेर गोबरग्यास प्लान्टको धुमधामसँग उद्घाटन गरेका थिए ।
प्लान्ट उद्घाटन गर्ने बेला ओलीले सिलिन्डर ग्यास प्रयोग गर्ने युग समाप्त भएको घोषणा गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत