राप्ती गाउँपालिकामा तीज गीत प्रतियोगिता, बराखुटीलाई उपाधि

मसुरिया । दाङको राप्ती गाउँपालिकाले आयोजना गरेको तीज गीत प्रतियोगिताको उपाधि हिमाल महिला समूह बराखुटीले हात पारेको छ ।

राप्ती गाउँपालिकाको कार्यालय मसुरियामा सोमबार आयोजित प्रतियोगितामा १२ वटा महिला समूहले भाग लिएका थिए । राप्ती गाउँपालिकाले गाउँपालिकास्तीय तीज गीत प्रतियोगिता पहिलो पटक आयोजना गरेको हो ।

प्रतियोगितामा सिङ्गे महिला समूह दोस्रो र नेपाल मगर महिला समूह भालुवाङ तेस्रो भएका छन् । नेपाल राष्ट्रिय मावि भालुवाङले सान्त्वना स्थान हासिल गरेको छ ।

विजेतालाई क्रमशः ७ हजार, ५ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरीलगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष सुवेदीले तीजपर्वलाई आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा मनाउनु पर्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, वडा नम्बर २ का अध्यक्ष जगतबहादुर थापा, वन महासंघका अध्यक्ष हरि भुसाल, समाजसेवी शान्तराज पन्थी, लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यशोदा चौधरी लगायतले प्रतियोगितामा सहभागीहरूलाई शुभकामना दिएका थिए ।

Published : Monday, 2018 September 10, 6:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया