कम्युनिस्ट सरकारले दमन गरे कांग्रेसले प्रतिवाद गर्छः सापकोटा
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस निकटको नेपाल ट्रेड युनियन कांग्रेसले कम्युनिस्ट सरकारले श्रमिकहरूमाथि दमन गरे प्रतिवादमा उत्रने जनाएको छ ।
काठमाडौंमा आइतबार आयोजित बृहत श्रमिक भेलामा बोल्दै नेपाल ट्रेड युनियन कांग्रेसकी उपाध्यक्ष इन्दिरा सापकोटाले श्रमिकहरूलाई दमन नगर्न कम्युनिस्ट सरकारलाई चेतावनी दिइन् । उनले सरकारबाट कुनै पनि प्रकारको दमन भए कडा प्रतिवादमा उत्रने चेतावनी दिइन् ।
उपाध्यक्ष सापकोटाले चितवन जिल्लामा तीन पाङ्ग्रे सवारी साधन चलाउन पाउनुपर्ने माग गर्दै भइरहेको आन्दोलनमा प्रहरीले गोली चलाएको घटनाको निन्दा र भर्त्सना गरिन् । दमनका घटना हुन नदिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
उपाध्यक्ष सापकोटाले योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता श्रमिकहरूलाई पनि उपलब्ध गराउने गरी सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा विधेयकको भने स्वागत गरिन्।
उपाध्यक्ष सापकोटाले श्रमिकहरूलाई सामाजिक सुरक्षा दिन राज्य आफैं प्रतिवद्ध हुनुपर्ने माग गरिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत