ठाउँ-ठाउँमा प्रधानमन्त्री ओलीको पुत्ला जल्यो

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको चौतर्फी विरोध भइरहेका बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पुत्ला जलाएको छ ।

‘नेकपा’ले मंगलबार आफ्नो प्रभाव रहेका जिल्लाहरूमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो । पक्राउ परेका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा, सहितका नेता तथा कार्यकर्ताको रिहाइको माग गरेर ओलीको पुत्ला जलाएको नेकपाले जनाएको छ ।

विभिन्न अपराधिक घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेकपाका नेताहरूलाई धमाधम पक्राउ गरेको छ । सर्वोच्च अदालतले प्रवक्ता विश्वकर्मा लगायत नेकपाका नेताहरूलाई छाड्न आदेश दिएको थियो । तर, प्रहरीले उनीहरूलाई पुनः पक्राउ गरेर मुद्दा लगाएको छ ।

नेकपाका कार्यकर्ताहरूले प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाका विरुद्ध नारावाजी समेत गरेका थिए । उनीहरूले वर्तमान कम्युनिस्ट सरकार जनविरोध रहेको आरोप समेत लगाए ।

Published : Tuesday, 2018 August 28, 8:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया