गफाडी भयो ओली सरकारः कांग्रेस
काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (नेपाल)ले वर्तमान सरकारले मुलुकमा शान्ति सुरक्षा बनाउन नसकेको भनेर आलोचना गरेका छन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले सरकारले काममा भन्दा पनि गफ मात्रै गर्ने गरेको बताए ।
‘सिण्डिकेट, तरकारी बजारमा छापा, ठेकेदारलाई हिरासतमा राख्ने कुरा सुनियो’, उनले भने, ‘सरकारले कामलाई भन्दा प्रचारलाई ध्यान दिएको छ । ती ठाउँमा कहाँ भयो सुधार ?’
सांसद अधिकारीले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओलीको विरोध गर्दैमा जेल हालेको विषयमा आपत्ति जनाए ।
‘लोकतान्त्रिक मुलुकमा अभिव्यक्ति स्वतन्त्रतामा प्रधानमन्त्रीको आलोचना गर्न पाइन्छ’, उनले भने, ‘कार्टुन बनाएकै विषयमा वा फेसबुकमा सेयर गर्दैमा जेल हाल्ने कुरा संविधान विपरित छ ।’
राष्ट्रिय जनता पार्टी नेपालका सांसद बृषेशचन्द्र लालले वर्तमान सरकारलाई कसैले पनि नटेरेको बताए । उनले भने, ‘यो सरकारलाई कसैले पनि टेरेका छैनन् । प्रधानमन्त्री र मन्त्रीहरूका बारेमा मलाई भन्नु केही छैन । तर, शान्ति सुरक्षा बनाउन सकेन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत