करका विषयमा ओली सरकार नै अनभिज्ञ छः डा.महत

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महतले संघीय सरकारका कारण अज्ञानताले स्थानीय तहमा जथाभावी कर उठाएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान कुरा गर्दै नेता डा.महतले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले गलत रबैयाका कारण करमा भ्रम उत्पन्न भएको बताए ।

‘करका बारेमा संघीय सरकार जिम्मेवार भएन’, उनले भने, ‘संविधानको धारा २३६ ले करका विषयमा स्पष्ट भनेको छ । सरकारले वित्तीय आयोग बनाउन सकेन । वित्तीय आयोग बनाएर करका बारेमा स्पष्ट पार्नुपर्ने थियो ।’

पूर्वअर्थमन्त्री डा.महतले कर उठाउने विषयलाई अन्यथा लिइन नहुने भन्दै कर जथाभावी लगाउन नहुने बताए । उनले वैज्ञानिक रुपमा कर उठाउन सुझाव दिए ।

‘स्थानीय तहमा नबुझेर अज्ञानतावस कर लगाइएको छ । बुझ्ने व्यक्तिले अध्ययन गरेर केन्द्र सरकारले गाइड लाइन दिनुपर्ने हो । तर सहित कुराको जानकारी दिइएन’, उनले भने, ‘करका विषयमा केन्द्र सरकार आफै भ्रममा छ ।’

संघीयता मुलुकका लागि महँगो व्यवस्था रहेको बताएका कांग्रेस नेता डा.महतले भने, ‘संघीयता भनेकै महँगो व्यवस्था हो । मैले पहिला नै भनेको थिएँ । जथाभावी काम गर्न थालियो भने संघीयता अभिसाप हुन सक्छ ।’

उनले संघीयतालाई सफल रुपमा कार्यान्यवन गर्ने हो भने सुझबुझपूर्ण तरिकाले काम गर्नुपर्ने बताए ।

Published : Tuesday, 2018 August 28, 11:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया