राजधानीको मुटुमा सह-महामन्त्रीमाथि सांघातिक आक्रमण हुनु चिन्ताको विषय : सभापति बानियाँ
काठमाडौं । नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँले महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सभापति बानियाँले बिहीबार विज्ञप्ति जारी गरेर नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सह–महामन्त्री यादवमा बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लवमा अपराधिक समूहद्वारा भएको धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । उनले सह–महामन्त्री यादवलाई धारिलो हतियार प्रहार गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।
सभापति बानियाँले राजधानीको मुटु भृकुटीमण्डप जस्तो ठाउँमा सह–महामन्त्री यादवमाथि सांघातिक आक्रमण हुनु राज्यको सुरक्षा व्यवस्था माथि नै गम्भीर प्रश्न उठेको बताएका छन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया