सचिव, महानिर्देशक र मेसुको जिम्मेवारी हेरफेर, कसको कहाँ सरुवा ?
काठमाडौं । सरकारले दीपककुमार खराललाई वन तथा वातावरण मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।
मन्त्रिपरिषद बैठकले खराललाई वन सचिव नियुक्त गरेको छ । वन मन्त्रालयका हालका सचिव रेवतीरमण पौडेललाई कृषि तथा पशुपन्छी मन्त्रालयको पशुपन्छी मन्त्रालयको सचिवमा सरुवा भएको छ ।
सरकारले पशुसेवा विभागको महानिर्देशकको जिम्मेवारी उमेश दाहालले पाएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजना प्रमुखका रुपमा काम गरिरहेका दाहाललाई विभागको महानिर्देशकमा नियुक्त गरेको छ ।
दाहालले आयोजनाको निर्देशक हुनुअघि राष्ट्रिय खोप अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा समेत काम गरेको थिए ।
हाल विभागकी महानिर्देशक रहेकी सम्झनाकुमारी काफ्ले पाण्डेलाई मन्त्रालयमा सरुवा गरिएको छ ।
उता, सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.हेमराज पाण्डेयको सरुवा भएको छ । केही दिनअघि बसेको सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषदको बैठकले डा.पाण्डेयलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवमा गर्ने निर्णय गरेको छ ।
सामाजिक विकास मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले मेसु डा.पाण्डेयलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवा गर्ने निर्णय भएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिएका छन् ।
मेसु डा.पाण्डेयको सरुवा भएपछि अस्पतालमा निमित्त मेसुका रुपमा डा.शेरबहादुर कमरले सम्हालेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया