पहिचान नखुलेका शव र हराएका व्यक्तिहरूको विवरण राखिएको वेवसाइट सञ्चालन

काठमाडौं । नेपाली प्रहरीले पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण राखिएको वेवसाइट udb.nepalpolice.gov.np सञ्चालनमा ल्याएको छ ।

आइतबार हेडक्वाटर नक्सालमा आयोजित कार्यक्रममा हराएका र बेपत्ता भएका व्यक्तिहरूको विवरण राखिएको वेबसाइट सार्वजनिक गरिएको छ ।

वेवसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारी रूपमा संचालन गर्ने प्रहरीको उदेश्य छ । सरोकारवाला व्यक्तिहरूको पहुँचमा पुर्‍याई बढीभन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरू सनाखत गर्न सहज र सक्षम हुने विश्वास प्रहरीले लिएको छ ।

नागरिकस्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भीक रूपमा शवको सनाखत हुने वातारण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण संकलन गरेर वेवसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमित रूपमा अनुगमन गर्ने प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2023 September 3, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया