तरुण दलको महाधिवेशन अबको ८ महिनाभित्र गर्नेछौँ : अध्यक्ष गुरुङ
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अबको ८ महिनाभित्र महाधिवेशन गर्ने बताएका छन् ।
शुक्रबार नेपाल तरुण दल सिन्धुपाल्चोक कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले ८ महिनाभित्र महाधिवेशन गर्ने चुनौति र अवसर रहेको बताए । उनले भने, ‘नेपाल तरुण दलको अबको आठ महिनाभित्र हामी महाधिवेशन गर्ने नै छौँ । अब हामीले काम गर्ने समय भनेको जम्मा आठ महिना हो ।’
अध्यक्ष गुरुङले पार्टी सभापति र केन्द्रीय कार्यसमितिको शिर झुक्न नदिएर आफूले काम गर्ने बताएका छन् । उनले महाधिवेशनलाई केन्द्रमा राखेर काम गर्न केन्द्रीय सदस्य, जिल्ला अध्यक्षसहित मातहतलाई निर्देशन दिएका छन् ।
गुरुङले कांग्रेसलाई बचाउन इतिहाँसलाई स्मरण गर्नुपर्ने बताएका छन् । उनले भने, ‘कांग्रेसलाई चोट पुगेको छ । त्यो कसैको कारणले होइन । हाम्रो कारणले हो । हामी हाम्रो नेतालाई सम्मान गर्न जान्दैनौँ । हाम्रो इतिहाँसलाई स्मरण गर्न चाहँदैनौँ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया