नेशनल डिफेन्स कलेजको प्रतिनिधिमण्डलद्वारा नेपाल भ्रमण
काठमाडौं । भारत, जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षाबलका १६ वरिष्ठ अधिकारीसम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज)को ६३औं कोर्षको प्रतिनिधिमण्डलले नेपालको भ्रमण गरेको छ ।
एयरभाइस मार्शल मनीषकुमार गुप्ताको नेतृत्वमा नेपाल आएकोे टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेको विज्ञप्तिमा उल्लेख छ ।
टोलीले एनडिसीका भूतपूर्व विद्यार्थी एवम् नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल भएको छ ।
टोलीले पोखरास्थित पश्चिम पृतना मुख्यालयको भ्रमण गरी वरिष्ठ अधिकारीसँग भेटघाट भएको छ । राष्ट्रिय मार्ग तथा रणनीतिका व्यापकपक्षहरूबारे वरिष्ठ रक्षा तथा निजामती सेवाका अधिकारीलाई प्रशिक्षण दिने एनडिसी विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरूमध्येको एक हो ।
भारतीय रक्षा बल तथा निजामती सेवाका वरिष्ठ अधिकारीका साथै मित्र राष्ट्रका सशस्त्र बलका अधिकारीले सो कोर्षमा सहभागिता जनाएका थिए । हाल सञ्चालन भइरहेको कोर्षमा नेपाली सेनाका तीन अधिकारी सहभागी छन् ।
सन् १९९२ यता नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासहित १८ बहालवाला नेपाली सेनाका अधिकारी र सेवानिवृत्त अन्य २४ जना अधिकारीले एनडिसीबाट प्रशिक्षण लिइसकेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया