उप-प्रधानमन्त्री खड्का सेनाको अस्पतालमा भर्ना, बीपीएचको शल्यक्रिया
काठमाडौं । नेपाली कांग्रेसका उप-सभापति समेत रहेका उप-प्रधान तथा रक्षामन्त्री पूणर्बहादुर खड्काको शल्यक्रिया भएको छ ।
बुधबार काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा रक्षामन्त्री खड्काको प्रोटेस्ट (बीपीएच)को शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सेनाले जनाएको छ । खड्काको शल्यक्रिया प्रा.डा.भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सकको टोलीले गरेको छ ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पतालमा पुगेर उप-प्रधान तथा रक्षामन्त्री खड्कालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

Published : Thursday, 2023 August 31, 6:57 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया