तरुण दलको भदौ १६ गतेको कार्यक्रम स्थगित

काठमाडौं । नेपाल तरुण दलको प्रतिज्ञा सभाको कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले बिहीबार सूचना जारी गरेर भदौ १६ गते राखिएको केन्द्रीय समितिको प्रतिज्ञा सभाको कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।

अध्यक्ष गुरुङले स्थगित भएको कार्यक्रमको मिति तय भएपछि अर्को सूचनामार्फत जानकारी गराउने बताएका छन् ।

तरुण दलका पूर्वमहासचिव डा.राजाराम कार्कीको भदौ ६ गते निधन भएको थियो । भदौ १८ गते स्व.कार्कीको १३औँ दिनको पून्यतिथि परेका हुँदा सो समयभित्र कुनै कार्यक्रम नगर्ने तरुण दलको निणर्याअनुसार प्रतिज्ञा सभा स्थगित गरिएको छ ।

Published : Thursday, 2023 August 31, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया