यी हुन् घुस खाएर आफै दु:ख पाएका तत्कालीन डीएसपी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुटवलमा कार्यरत रहँदा केसीको निवासबाट अख्तियारले नगद र सुन बरामद गरेको थियो । अख्तियारले १८ लाख रुपियाँ बिगो दाबी गर्दै केसीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०७९ सालको मंसिर २५ गते बुटवल उप–महानगरपालिकाको वडा नं. ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका केसीले सो विषयमा आफ्नो मातहतको कार्यालयमा जानकारी नगराएको अख्तियारले जनाएको छ ।

केसीले सुन फिर्ता लगेको कागज गर्न लगाएका थिए । उनले सुन फिर्ता नगरी आफैँसँग राखेका थिए ।

केसीले दुई जनासँग क्रमश: ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपियाँ घुस लिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2023 August 30, 11:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया