गरिवका छोराछोरीलाई ईन्जिनियरिङ पढ्न बन्चित गरेको भन्दै शुल्क घटाउन चौधरीको दवाव

काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले गरिव जनताका छोराछोरीलाई ईन्जिनियर विषय पढ्न नपाउन भनेर दोब्बरभन्दा धेरै प्रतिशतले शुल्क वृद्धि गरेको भन्दै चिन्ता जनाएकी छिन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले १४४ प्रतिशतले वृद्धि भएको शुल्क तुरुन्त फिर्ता लिएर आन्दोलनरत नेविसंघसहितका विद्यार्थीको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छिन् ।

ईन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीलाई शोषण हुने गरेर शुल्क वृद्धि गर्दा समेत जिम्मेवार नेताहरू बोल्न नसकेका बेला कांग्रेस सांसद चौधरीले शुल्क फिर्ता लिन सरकारलाई दवाव दिएकी छिन् ।

उनले भनिन्, ‘विश्व विद्यालयले ईन्जिनियरिङको शुल्क वृद्धि गरेर दोब्बरभन्दा बढि गराएको भन्दै विरोध गरेकी छिन् । उनले १४४ प्रतिशतले शुल्क वृद्धि गरेको भन्दै गरिवीका रेखामुनि बसेको जनताको छोराछोरी ईन्जिनियर बन्न पाउँछ कि पाउँदैन भनेर प्रश्न गरेकी छिन् ।’

३० हजार तलब भएको कर्मचारीको छोराछोरीले कसरी पढ्छ भनेर सांसद चौधरीले चिन्ता जनाएकी छिन् । उनले हुनेखानेको छोराछोरीले मात्रै इन्जिनियर पढ्न पाउने र गरिवको छोराछोरी ईन्जिनियर पढ्नबाट बञ्चित हुनुपर्ने अवस्था आएको बताएकी छिन् ।

नेविसंघको नेता सुलभ चापागाइँ शुल्क घटाउन माग गरेर अनशन बसेको भन्दै सांसद चौधरीले अनशन तोडाउन आग्रह गरेकी छिन् ।

Published : Tuesday, 2023 August 29, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया