चिकित्सकहरू कुवेत पठाउन खोज्ने ओमेगा र अक्जोनलाई विभागद्वारा निलम्बन
काठमाडौं । वैदेशिक रोजगार विभागले नेपाली विशेषज्ञ चिकित्सकलाई रोजगारीको लागि कुवेतमा माग भएको भन्दै आवेदन खुला गरेको म्यानपावर कम्पनीलाई कारबाही गरेको छ ।
विभागले ओमेगा इन्टरनेसनल प्रा.लि. र अक्जोन इन्टरनेसनल प्रा.लि.लाई निलम्बन गरेको विज्ञप्तिमा उल्लेख छ । सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा गन्तव्य मुलुक पठाउने गरी शंकास्पद कार्य गरेको भन्दै विभागले कारबाही गरेको जनाएको छ ।
ओमेगाले विभागको पूर्वस्वीकृति बिना सामाजिक सञ्जालमार्फत नेपाली डाक्टरलाई वैदेशिक रोजगारीमा कुवेल पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको विभागको ठहर छ ।
एउटै व्यक्तिको अर्को संस्था अक्जोनले पनि एजुकेसनल इन्स्टीच्युट एण्ड कन्सलटेन्सी वर्किङ भिसाको प्रलोभन देखाइ शंकास्पद कारोबार गरी व्यक्तिगत रुपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा पठाउने गरेको विभागले जनाएको छ ।
विभागले कम्पनीहरूको कार्य शंकास्पद देखिएको भन्दै थप अनुसन्धान गर्न तत्काललाई दुवै कम्पनीलाई निलम्बन गरिएको विभागका निर्देशक कविराज उप्रेतीले बताएका छन् ।
कुवेतमा रोजगार एजेन्टका रुपमा काम गरिरहेको ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडले ९७५ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरेको भन्दै फेसबुल पेजमार्फत सूचना निकालेको थियो ।
ओमेगाले सार्वजनिक गरेको सूचनामा कुवेतको अस्पतालमा काम गर्ने गरी विभिन्न सात वटा विधामा विशेषज्ञ डाक्टरहरू माग गरिएको थियो ।
एनेस्थेसिया डाक्टर १०० जना, आईसीयु कार्डियाक डाक्टर २२५ जना, पेडियाट्रिक डाक्टर १२५ जना, फिजिसियन डाक्टर (इमर्जेन्सी) २०० जना, अब्स्ट्याक्ट तथा गाइनोकोलोजिष्ट डाक्टर १०० जना, अर्थोपेडिक्स डाक्टर १०० जना र रेडियोलोजिष्ट डाक्टर १२५ जना माग गरेको सूचनामा उल्लेख थियो ।
विशेषज्ञ चिकित्सकको तलब ७ लाख ११ हजारदेखि १२ लाख ७० हजारसम्म हुने र उक्त तलबमा चिकित्सकले मासिक २६ दिन काम गर्नुपर्ने भन्दै सूचना आमेगाले जारी गरेको थियो ।
कुवेतको अस्पतालले शुरुको महिना खाना र बस्ने व्यवस्था समेत गरेका र तर दोस्रो महिनाबाट भने खानाको व्यवस्था चिकित्सक आफैंले गर्नुपर्ने भनिएको थियो ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया