काठमाडौंमा प्रहरीद्वारा ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद
काठमाडौं । प्रहरीले एक हजार दुई सय २३ किलो पटाकासहित ३ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार पक्राउ पर्नेहरूमा रौतहटको राजदेवी नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने ३२ वर्षीय राजु भन्ने दीपक मण्डल, भारतको बिहार बेतिया मजौलिया थाना सेनवरिया ग्राम घर भई हाल काठमाडौं
महानगरपालिका–१३ ताहाचल बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाहीको चक्रघट्ट गाउँपालिका– ५ घर भई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डल रहेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंमा केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट पटाका, भुईचम्पा लगायतका आतिसवाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ६५ वटा बोरामा राखेका उक्त पटाकासहित काठमाडौंको ताहाचल, मान्टारबाट पक्राउ गरेको छ ।
उनीहरूलाई विष्फोटक पदार्थ सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया