राज्यमन्त्री श्रीपालीलाई लुम्बिनीमा उपाध्यक्ष डा.लामाद्वारा स्वागत

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ)ले स्वागत गरेका छन् ।

आइतबार लुम्बिनीमा डा.लामाले राज्यमन्त्री श्रीपालीाई कोषको कार्यालयमा स्वागत गरेका हुन् ।

राज्यमन्त्री श्रीपालीले लुम्बिनीको विकास, उन्नति र पर्यटन प्रवर्द्धनमा उपाध्यक्ष डा.लामाले विशेष भूमिका खेल्नेमा आफूले विश्वास लिएको बताएकी छिन् ।

संविधान सभाका सदस्य तथा पूर्वअर्थराज्यमन्त्री समेत रहेका डा.लामाले लुम्बिनीको विकासमा आफ्नो विशेष भूमिका रहेन बताएका छन् ।

Published : Monday, 2023 August 28, 8:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया