विनोद पौडेल सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा विनोद पौडेलको नाम सिफारिस भएको छ ।

आइतबार बसेको न्याय परिषदको बैठकले पौडेललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताएका छन् ।

विराटनगरका कायममुकायम मुख्य न्यायाधीश रहेका ६३ वर्षीय पौडेल सर्वोच्चमा सिफारिस भएपछि सर्वोच्च अदालतमा काज सरूवा भएको थियो ।

२०६६ सालमा पौडेल सह–सचिवबाट पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । उनले उप–सचिवसम्म सरकारी वकिल भएर काम गरेका थिए ।

Published : Sunday, 2023 August 27, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया