धरानमा जातीय र धार्मिक द्वन्द्व निम्ताउन खोजिदै छ : नेता झा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले गठबन्धन एकढिक्का हुँदासम्म सरकार अलिकति पनि दायाँबायाँ नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा झाले सरकारका बारेमा कसैले शंका गर्ने ठाउँ नरहेको बताए ।

नेता झाले सुन काण्ड र भ्रष्टाचारको सन्दर्भमा आफ्नो दल भ्रष्टाचार गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ भन्ने पक्षमा दृढ रहेको बताए ।

नेता झाले अहिले धरानमा भैरहेको आन्दोलनको अवस्थाबारे पनि गम्भीर भएर सोच्नुपर्ने बताए ।

उनले भने, ‘नेपाल भनेको विविधतायुक्त देश हो । हामी यहाँ सबैखाले विचार मान्ने समुदाय छौं । सबैको समान अधिकार छ ।’

‘कुनै प्रकारको द्वेष र द्वन्द्व फैलिनुहुँदैन् । जातीय र धार्मिक द्वन्द्व फैलिनुहुँदैन् । जनता जनताबीच फाटो ल्याउनुहुँदैन् ।’

‘अतिवादलाई बढावा नदिउँ । सबै मिलेर अघि बढ्नुपर्छ’, जसपाका नेता झाले भनेका छन् ।

Published : Saturday, 2023 August 26, 5:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया