दाहालपछि नेपाल त्यसपछि देउवा प्रधानमन्त्री बन्नु हुन्छ : कांग्रेस नेता घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद श्याम घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको भविष्यमाथि कुनै खतरा नभएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘यो सरकारको आयुमा समझदारी बनेको छ । सुरुको समयमा दाहालजीले नेतृत्व गर्ने, त्यसपछि केही समयको लागि माधव नेपालले नेतृत्व गर्ने र अन्तिमको समयमा हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने भनेर गर्ने भनेको सुनेको छु ।’
‘अहिलेसम्म सरकारका बारेमा जे जति कुरा आएका छन्, यी विषयहरू सरकार ढल्नुपर्ने र सरकारको समीकरण परिवर्तन गर्नुपर्ने अवस्थाको छैन् ।’
नेता घिमिरेले गठबन्धनभित्र धेरै दल र नेताहरू भएका कारण झिनामसिना समस्याहरू आइरहने बताए । ती समस्याको समाधान गर्दै जाने नै अहिलेको आवश्यकत्ता भएको उनले बताए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया