प्रहरीले गौतमलाई काठमाडौंमा पक्राउ गरेर दाङ ल्यायो
काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले पाल्पाको तानसेन नगरपालिका–३ भगवती टोल घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ गुर्जधारा बस्दै आएका ५८ वर्षीय नरेश गौतमलाई पक्राउ गरेको छ ।
प्रहरी बनाइदिन्छु भन्दै एक युवतीबाट दुई लाख रुपियाँ ठगी गरेको आरोपमा गौतमलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
दाङको लमहीकी २२ वर्षीया युवतीले आफूलाई प्रहरी बनाउने आश्वासन दिएर पटक पटक गरी दुई लाख ठगी गरेको भन्दै गौतमविरूद्ध किटानी जाहेरी दिएकी थिइन् ।
गौतमले प्रहरीका हाकिम र राजनीतिक दलका नेतासँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै प्रहरी बनाइदिने आश्वासन दिएर रकम असुलेको युवतीको जाहेरीमा उल्लेख छ ।
पक्राउ परेका गौतमबाट ठगिएका अरू पनि कोही भए जाहेरी दिन प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीले आरोपित गौतमलाई साउन २९ गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । काठमाडौंबाट वडा प्रहरी कार्यालय लमही दाङमा ल्याएर उनीमाथि ठगी शीर्षकमा मुद्दा चलाएको छ ।
जिल्ला अदालतले साउन २९ गतेदेखि गणना हुने गरी गौतमलाई १२ दिन थुनामा राख्न म्याद दिएको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया