लुम्बिनी बनाउन सामूहिक संकल्पका साथ काम गरौँ : उपाध्यक्ष डा.लामा

काठमाडौं । पूर्वअर्थराज्यमन्त्री समेत रहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्यार लामाले लुम्बिनी बनाउने सामूहिक संकल्पका साथ काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार लुम्बिनीमा उपाध्यक्ष डा.लामाले बुद्धजन्मस्थल लुम्बिनी निर्माण गर्ने संकल्पका साथ काममा खटिन कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।

उनले विश्वका २ अर्ब बौद्धमार्गीहरूको आस्थाको केन्द्र लुम्बिनी भएकाले पवित्रस्थलको प्रचार प्रसारसँगै कार्यालयको कार्यसम्पादन पनि चुस्त राख्नुपने बताएका छन् ।

उनले कर्मचारीहरूको पेशागत सु्रक्षाका लागि आफूहरू लागिपर्ने बताएका छन् । डा.लामाले संस्थाको काममा कर्मचारीहरूले लापरवाही गरे कारवाही गर्ने चेतावनी दिएका छन् ।

नेपालको संविधान अनुसार बनेको ऐन, नियमावली, बिनियम, कार्यविधि, निर्देशिका र मापदण्ड अनुसार संस्थाको काम अघि बढाउने उनले बताएका छन् ।

पदाधिकारी र कर्मचारीबीचको एकताबाट लुम्बिनीलाई अगाडि बढाउने डा.लामाले बताएका छन् ।

उपाध्यक्ष डा.लामाले कोषमा यसअघि भएका गरेका कामका आधारमा बनेको दृष्टीकोण परिवर्तन गर्ने गरी काम गर्न आफू आएकाले सहयोग गर्न कर्मचारीहरूसँग आग्रह गरेका छन् ।

डा.लामाले आफू लुम्बिनीको विकास गर्ने गरी आएको बताए । विश्वभरका सवा अर्व बौद्धमार्गीहरूको सबैभन्दा ठूलो पवित्र तीर्थस्थलको रूपमा प्रख्यात लुम्बिनीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका दृष्टिले विश्व जगतको आकर्षणको केन्द्रको रुपमा रहेको भन्दै यसको विकास र संरक्षण गर्नु आफ्नो मूल दायित्व रहेको उनले बताए ।

उपाध्यक्ष डा.लामाले लुम्बिनीमा रहेको बत्तीको समस्या, भित्र सडक मार्ग र भ्रमण गर्ने महत्वपूर्ण स्थानहरुमा शौचालयको व्यवस्था र वस्तुभाउ लुम्बिनी परिसर भित्र आएर फोहोर गरेको समस्या भएकाले तत्काल उक्त समस्याहरुको हल गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी बुद्ध धर्म संरक्षण समितिका अध्यक्ष मैत्री महास्थविर, सचिव भिक्षु सिरी वजिरले समग्र विहार तथा गुम्बाहरुको समस्याबारे ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा कोषका सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा.हरिध्वज राई लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Published : Friday, 2023 August 25, 1:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया