डा.कार्कीको शोकमा कांग्रेसले झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य डा.राजराम कार्कीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकले कार्कीको निधनमा दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारितको निर्णय गरेको हो ।

कांग्रेस कार्कीको सम्मानका लागि भदौ ७ र ८ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

भदौ ८ गते शुक्रबारका दिन कांग्रेसले केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्नेछ । कार्की स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राखिनेछ ।

सोही सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने कांग्रेसले निर्णय गरेको छ । कांग्रेसका पूर्व केन्द्रीय सदस्य, बागमती प्रदेश सभाका पूर्व सदस्य, कांग्रेस धादिङका पूर्व सचिव, नेपाल तरुण दलका पूर्व महासचिव र पार्टीका महासमिति सदस्य समेत रहका डा. कार्कीको बुधबार निधन भएको थियो ।

Published : Friday, 2023 August 25, 12:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया