समितिहरूको सभापति चयन गर्न कार्यसूची सार्वजनिक
काठमाडौं । संघीय संसद सचिवालयले संसदीय समितिहरूका सभापति चयन गर्न निर्वाचन कार्यसूची सार्वजनिक गरेको छ ।
बिहीबार सचिवालयले समितिका सभापतिको निर्वाचनका लागि कार्यसूची सार्वजनिक गरेको छ । भदौ ११ गते हुने सभापति चयनको लागि निर्वाचन हुनेछ ।
कार्यसूचीअनुसार निर्वाचनको अघिल्लो दिन भदौं १० गते ११ देखि ४ बजेससम्म उम्मेदवारी प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ ।
सोही दिनको साढे ४ बजे दर्ता भएका प्रस्तावको दर्ताक्रम अनुसार सूची प्रकाशन गर्ने कार्यसुची रहेको छ ।
भदौ ११ गते दिउँसो ३ बजे सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बिहीबार सभामुख र प्रमुख सचेतकहरुको छलफलअनुसार भदौ ११ गते १० वटा संसदीय समितिका सभापतिको निर्वाचन गर्ने सहमति भएको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया