समितिहरूको सभापति चयन गर्न कार्यसूची सार्वजनिक

काठमाडौं । संघीय संसद सचिवालयले संसदीय समितिहरूका सभापति चयन गर्न निर्वाचन कार्यसूची सार्वजनिक गरेको छ ।

बिहीबार सचिवालयले समितिका सभापतिको निर्वाचनका लागि कार्यसूची सार्वजनिक गरेको छ । भदौ ११ गते हुने सभापति चयनको लागि निर्वाचन हुनेछ ।

कार्यसूचीअनुसार निर्वाचनको अघिल्लो दिन भदौं १० गते ११ देखि ४ बजेससम्म उम्मेदवारी प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ ।

सोही दिनको साढे ४ बजे दर्ता भएका प्रस्तावको दर्ताक्रम अनुसार सूची प्रकाशन गर्ने कार्यसुची रहेको छ ।

भदौ ११ गते दिउँसो ३ बजे सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बिहीबार सभामुख र प्रमुख सचेतकहरुको छलफलअनुसार भदौ ११ गते १० वटा संसदीय समितिका सभापतिको निर्वाचन गर्ने सहमति भएको थियो ।

Published : Friday, 2023 August 25, 12:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया