दाङका हुतिहारा सांसदहरूलाई घोराही-तुलसीपुर सडकले हावा खुस्काइदियो, जनताले दु:ख पाए
घोराही । दाङको घोराही–तुलसीपुर चारलेन सडकखण्ड निर्माण हुन नसक्दा जनताले हैरानी व्यहोर्नु परेको छ ।
घोराही उप–महानगरपालिकाको कुइरेपानीको बबइ नदीदेखि तुलसीपुरसम्म चारलेन सडक बनाउने नाममा भएको हेलचेक्र्याइले जनताले तानब भोग्नु परेको छ । निर्माणको नाममा सडक भत्काएर अलपत्र पारिएको छ ।
सडक अलपत्र हुँदा सयौँ यात्रुले ज्यान गुमाइसकेका छन् । धुलोले गर्दा हजारौं सर्वसाधारणले हैरान व्यहोर्नुपरेको छ ।
सडक निर्माणको जिम्मेवारी लिएको ठेकेदारले मोभिलाइजेशनको रकम लिएर भागेको छ । पेटीठेकेदारहरूले पनि यो सडकलाई कमाइखाने भाँडो बनाए ।
एमालेको तत्कालीन निकम्मा सांसदहरू र उनीहरूको संरक्षणमा गतिलो काम हुन सकेन । पेटीठेकेदार जेलसम्म जाने अवस्था निर्माण भयो ।
अहिले दाङबाट नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रले जितेका छन् । यो सडकले तीन वटै क्षेत्रलाई छोएको छ ।
सांसदहरूले सडक बनाउने विषयमा गम्भीर बनेर सोँच्न सकेका छैनन् । रेखा शर्माबाट कामको अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री पनि उनकै दलको छन् । शर्मा सरकारको प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री छिन् । चारलेन सडकका कारण शर्मालाई स्थानीय जनताले नारायणपुरबाट लेखेट्नसम्म पुगेका थिए ।
प्रतिनिधि सभाका सांसदहरू कांग्रेसका दीपक गिरी, माओवादीकी शर्मा र नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी छन् । उनीहरूबीच चारलेनको सडक कसरी अगाडि बढ्ने भन्ने विषयमा अहिलेसम्म सामूहिक छलफल हुन सकेको छैन ।
चुनावका बेला चारलेनको सडक पहिलो प्राथमिकतामा रहने बताएकी शर्माले अहिले के गरिरहेकी छिन् दाङका जनतालाई अत्तोपत्तो छैन ।
प्रधानमन्त्री दाहालले समेत पत्याएकी मन्त्री शर्माले पनि काम गर्न सकेकी छैनिन् । निर्वाचनमा चारलेनको सडकका विषमया ठूला अभिव्यक्ति दिएर निर्वाचनमा जित हात पारेकी शर्माको पनि हुती देखिएको छ ।
कांग्रेसका सांसद दीपक गिरीप्रति दाङका जनताको झिनो अपेक्षा छ । गिरीले पनि मन लगाएर चारलेन सडक बनाउने विषयमा ध्यान दिएको आरोप लागेको छ । सांसद गिरीले बेलाबेला प्रतिनिधि सभाको बैठकमा घोराही–तुलसीपुर चारलेन सडकका विषयमा आवाज उठाउने गरेका छन् । राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले पनि बेलाबेला यो सडकका विषयमा आजाव उठाउँदै आएकी छिन् ।
दाङ १ का नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमिण चौधरी पनि चुपचाप छन् । यी सांसद मात्रै होइन कांग्रेसबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी छन् । कांग्रेसबाट स्वास्थ्यमन्त्री राजु खनाल छन् । माओवादीबाट अर्थमन्त्री धनबहादुर मास्की छन् ।
यातायात व्यवसायी सुरेश हमालले घोराही–तुलसीपुर सडकबारे चिन्ता जनाएका छन् । उनले भनेका छन्, ‘दंगाली जनताले कैलेसम्म यसरी दु:खदायी यात्रा गर्नु पर्ने हो ? यो सडकले सबै पार्टीका नेता, जनप्रतिनिधि, प्रशासन, नागरिक समाज, पत्रकार सबैलाई धेरै धेरै खोजी गरिरहेको छ ।’
‘समय मिलेसम्म यात्रा गर्नुहोला ? हामीले कस्तो जोखिम पूर्ण सडकमा सेवा दिइरहेका छौं’, हमालले भने, ‘हाम्रो पीडा कसले बुझ्छ र ? हामी पीडित यातायात व्यवसायी कहिले नाकाबन्दी, कहिले कोभिड, कहिले भूकम्पले हैरान भएका छौँ ।’
महँगो डिजलले पीडित भएका यातायात व्यवसायीहरूलाई घोराही–तुलसीपुर सडकले थप पीडा दिएको गुनासो गरेका छन् ।
प्रतिनिधि सभाका सांसदहरू दीपक गिरी, मेटमिण चौधरी र रेखा शर्मा तथा राष्ट्रिय सभाकी सांसद अनिता देवकोटा, प्रदेश सभाका सांसदहरू ईन्द्रजीत चौधरी, अनुराग खड्का, राजु खनाल, प्रचण्डबिक्रम न्यौपाने, धनबहादुर मास्की र डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्छन् ।
उनीहरू सबै मिलेर दाङको विकासमा एकमुष्ट आवाज उठाउने हो भने यस्ता चारलेन सडकहरू अरु चार वटा बन्न सक्छन् । तर, दाङबाट सांसद बनेका नेताहरूमा हुती छैन । सत्तारुढ दलको सांसद भन्न पनि लाज लाग्ने अवस्था सिर्जना भएको छ ।
खुमबहादुर खड्काको निधनपछि दाङ अभिभावक विहीन बनेको छ । खुमबहादुरको ठाउँमा कुनै पनि नेता जाने सकेका छैनन् । खुमबादुरले नै बनाएको विकासको जागमा अहिले दाङ हिडेको छ ।
खुमबहादुरले गरेको विकासपछि दाङमा सिन्को पनि भाँच्चिन सकेको छैन । सिमेन्ट उद्योगहरू भित्र्याएर प्रदुषित दाङ बनाउन भूमिका नेताहरूले गरेका छन् ।


बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया