गिरीबन्धु टी स्टेटको जग्गा काण्डबारे छानविन गर्न आवश्यक छैन : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गाका विषयमा छानबिन गर्न जरुरी नरहेको बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले गिरीबन्धु टी स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णयका विषयमा छानबिन गर्न जरुरी नभएको बताए । उनले छानबिन गर्न मन लागे छानबिन गर्न सुझाव दिएका छन् ।

कानूनबिना जग्गा सट्टापट्टा गर्ने गरिएपछि एमालेको सरकारले कानून बनाएर व्यवस्थित गर्ने काम गरिएको ओलीले बताएका छन् ।

अध्यक्ष ओलीले सरकार लचिलो भएर सदन खुलाउन तयार भएको भन्दै धन्यवाद दिएका छन् ।

उनले सुन तस्करी सधैँका लागि अन्त्य गर्न र निष्पक्ष छानबिन गर्न सरकार तयार नभएकै कारण लामो समय सदन अवरुद्ध भएको बताए ।

अध्यक्ष ओलीले स्तरहीन मान्छेहरूले सुन तस्करी प्रकरणमा आफूलाई जोड्ने प्रयास गरेको आरोप लगाएका छन् ।

Published : Wednesday, 2023 August 23, 5:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया