ललिता, ओम्नी, गोकर्ण, गिरिबन्धुको जग्गा काण्डका अपराधीलाई कारबाही गरौँ : मेटमिण चौधरी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मटमिण चौधरीले एमालेका कारण अबरुद्ध बनेको प्रतिनिधि सभाको बैठक सुचारु भएको भन्दै सदन खुलाउन भूमिका खेल्ने प्रधानमन्त्रीसहितका नेताहरूलाई धन्यावाद दिएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा सांसद चौधरीले संसद निरन्तर सञ्चालन होस् भन्ने अपेक्षा आफूले लिएको बताए । उनले संसद अबरोध हुँदा धेरै महत्वपूर्ण विषय उठाउन नपाएको भन्दै चिन्ता जनाए ।
उनले भने, ‘योबीचमा धेरै महत्वपूर्ण कुरा नेपाली समाजमा उठेको छ । यो विषयमा केही एक्सलन लिने काम पनि भएको छ । समाजभित्रका ग्रासरुट लेबलमा प्रधानमन्त्रीको धेरै महत्वपूर्ण योगदान रहेको कुराको धेरै चर्चा चलेको छ ।’
प्रमुख सचेतक चौधरीले भने, ‘नेपाल सरकार जुन गतिले अगाडि बढेको छ, अपराधिमाथि एक्सलन लिने कुरा, भ्रष्ट आचरण भएका मान्छेहरूलाई नेपाली समाजमा, जनताको बीचमा देखाउने कुरामा भूमिका खेल्नुभएको छ ।’
‘योबीचमा जनताको समस्या उठ्न पाएको थिएन । सरकारले सम्बोधन गर्नुपर्यो । धेरै विषय ओझेलमा छन्’, उनले भने, ‘२०४५ सालदेखिका दर्जनौं विधेयकहरू पाइपलाइनमा छन् । आवश्यक रहेको कानून पनि बन्न सकेको छैन ।’
उनले भने, ‘संसदप्रति जनताको जनगुनासो छ । सरकारले यो विषयमा रुचि देखाउनुपर्नेछ । योबीचमा थुप्रै काण्डहरू पनि बाहिरिएको छ । सरकारको जवाफदेहिताको विषय बनेको छ ।’
‘नक्कली भुटानी शरणार्थी, गिरिबन्धुको टी स्टेटको २८० बिगाभन्दा बढि जग्गा, सुन, बालुवाटारको जग्गा, गोकर्ण रिसोर्ट, ओम्नी लगायतका धेरै विषयहरू धेरै महत्वका साथ उठेको छ’, चौधरीले भने, ‘सरकारलाई निर्देशन दिनुपर्छ । दोषी जो भए पनि जनताले देख्ने गरी, अनुभूति हुने गरी सत्ता वा प्रतिपक्षका हुन्, सत्ताभन्दा बाहिर रहेका बेठीक र अपराधी मानिसलाई कानूनको दायरमा ल्याउनको लागि अनुरोध गर्दछु ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया